दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ । बैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।
कम्पनीले १० करोड ५४ लाख २६ हजार ४० रुपैया बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर र अधिकतममा १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here