धरौटीमा रिहा भएका लामिछाने न्यायिक हिरासतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो ।
बयान सकिए लगत्तै थुनछेक बहस गराउन लामिछाने पक्षका कानून व्यवसायीको माग गरेका थिए । थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार न्यायिक हिरासतमा गएका हुन् ।

Spread the love