साउन १४, काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन माग गरेको छ ।

विभिन्न सञ्चार माध्यमहरुमा धितोपत्र बोर्डसँग सम्वन्धित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले बुधवार पत्राचार गर्दै तीन दिनभित्र सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो ।
बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको परिवार भित्रका सदस्यको नाममा शेयर खरीद भएको समाचार वाहिरिएपछि मन्त्रालयले बोर्डसमक्ष स्पष्टिकरण माग गरेको हो ।

नेपालको धितोपत्र बजारकै इतिहासमा पहिलो पटक बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेण्ट्को शेयर खरीदमा ढुङ्गानाको परिवारको सदस्यको नाममा शेयर खरीद भएको समाचार विभिन्न सञ्चारमाध्यमा सार्वजनिक भएका थिए ।
Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here