धितोपत्र बोर्डले २ कम्पिनीलाई दियो आइपिओ अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्राथमिक निष्कासन अनुमति दिएको छ । बिहीबार बोर्डले दुई कम्पनी क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाई प्राथमिक निष्कासन स्वीकृतिे दिएको हो ।क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स कम्पनीले २२ लाख ५० हजार कित्ता र ओम मेघाश्री फर्मास्युटिकल्सले १८ लाखकित्ता शेयर निष्कासन अनुमति पाएका हुन्। अनुमति पाएका यीै कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने छ ।
ओम मेघाश्री फर्मास्युटिकल्स गतवर्ष मात्रै स्थापना भएको कम्पनी हो ।उक्त फर्मास्युटिकल्सले गत वैशाखमा निष्कासन अनुमतिको लागि निवेदन दिएको थियो ।

Spread the love