काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले संघको कार्यभार सम्हालेको छ । २०८२ वैशाख १ नया वर्षको शुभ साइतमा कार्यभार सम्हालेको हो ।संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलाई संघको माइन्युट हस्तान्तरण गरेसँगै कार्यभार भुवनसिंह गुरुङको कार्यसमितिमा सरेको हो ।
गत चैत्र २९गरे भएको निर्वाचनमा भुवनसिंह गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनमा प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल वैभव, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्डोङ, कोषाध्यक्ष धनमाया सिंजाली र कार्यसमिति सदस्यहरू कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, रेखाशर्मा,रमा खड्का, विद्यालक्ष्मी बज्राचार्य,हिमा गुरुङ, देवीप्रसाद गिरी, सुमनराज पाण्डे विजयी भएका थिए । भुवनसिंह गुरुङ नेतुत्वको नयाँ कार्यसमितिले आगामी २ वर्षसम्म कार्य गर्ने जिम्मेवारी पाएको छ ।
पदबहाली गर्दै अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार ऐन संशोधन गरी सय संख्याको समाधान गर्नु पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले सबै व्यवसायीको हीतलाई केन्द्रमा राखेर कार्यगर्ने प्रतिबद्धता पनि जनाएका छन् । नवनिर्वाचित कार्यसमितिले पदबहाली पश्चात बैठक बसी संघको निर्वाचनका सहभागी भई मतदान गर्ने सम्पूर्ण मतदाता साथै सफलतापूर्वक कार्य सम्पन्न गर्ने निवर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गरेकोे छ ।