नवलपरासी पश्चिम-१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

नवलपरासी पश्चिम-१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

Spread the love

Comment here