नाडाको नयाँ कार्य समिति चयन ,उपाध्यक्षमा राजनबाबु श्रेष्ठ निर्वाचित

पुष ८,काठमाडौं । अटो मोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को कार्यसमिति बैठकबाट उपाध्यक्ष पदमा राजनबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी अर्को उपाध्यक्षमा सुनिल रिजाल र निराकर श्रेष्ठको समानमत आएपछि दुवैले एक वर्ष उपाध्यक्ष रहने गरेर कार्यकाल बाड्ने सहमति गरेको जनाइएको छ । बैठकबाट सर्व सम्वत महासचिवमा सुरेन्द्रकुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु श्रेष्ठ चयन भएका छन् ।सचिवमा विक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएको नाडाले जनाएको छ ।

बैठकले ३ नयाँ सदस्य मनोनित समेत गरेको छ । मनोनित हुने नयाँ सदस्यहरुमा टीभिएस बाइकका वितरक जगदम्बा मोर्टसका उपाध्यक्ष दिपक अग्रवाल, बजाज बाइकका वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र होन्डा मोटरसाइकलको वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रवन्धक सोहन श्रेष्ठ रहेका छन् ।विधान अनुसार कार्यसमितिले अध्यक्षबाहेकको पदाधिकारी चयन गर्ने व्यवस्था अनुसार नाडाले पदाधिकारी चयन गरेको हो ।

Spread the love