नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्कामा कुनै सेटिङको नभएको बतास समूहको दावी

पौष २८ ,काठमाडौं । बतास समूहले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्कामा कुनै सेटिङको नभएको दावी गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै बतास समूहले  नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का गैरकानुनी काम नगरेको दाबी गरेको हो । बतास समूहले कानुन सम्मत रुपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र रहेको र  लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहेको समूहका अध्यक्ष आनन्दराज बतासले बताउनु भयो ।

बीपीएस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच गोरखापत्र दैनिकमा प्रकाशित सूचनाको आधारमा मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी २०७७ पुस १७ गते सम्झौता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समूहले आफूमाथि गरेको अन्याय र अपराधबारे आम जनमानसलाई जानकारी गराइदिन सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ।

नारायणहिटि संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले हामी सरोकारवालाहरुसँग केहि सोधखोज नगरी एकतर्फि रुपमा पूर्वाग्रह भई प्रतिवेदन सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Spread the love

Comment here