निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैनः सचिव पोखरल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले निजी अस्पताललाई बीमाको जिम्मा दिनु नहुने बताउनुभएको हो । उहाँले बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भएपनि सरकारको अस्पतालहरुको उन्नति, प्रगति गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले मेडिकल, डेण्टल कलेज, ठूला अस्पतालहरुलाई बीमाको जिम्मा दिन सकिएपनि निजी अस्पताललाई बीमा दिँदा दुरुपयोग भइरहेको बताउनु भयो । उहाँले अहिलेको स्वास्थ्य बीमा बीमा जस्तो नभइ राज्यले सामाजिक दायित्व पूरा गरेको जस्तो भएको बताउनु भयो । सचिव पोखरेलले बीमामा व्यक्तिले केही मात्रै पैसा तिर्ने व्यवस्था नभएसम्म बीमा सफल हुन नसक्ने दाबी गर्नुभयो । उहाँले अहिलेको बीमाको अवस्थालाई राज्यले निजी क्षेत्रलाई दिएर अझै १५ वर्षसम्म यही अवस्थामा धान्न नसक्ने बताउनु भयो । यस वर्ष पनि साढे ८ अर्ब भन्दा बढी विमितहरुले सुविधा लिएको पैसा दिन बाँकी रहेको बताउनु भयो । उहाँले प्रिमियम उठाउने पैसाले बीमा सञ्चालन गर्न गाह्रो भएको बताउनु भयो । उहाँले बीमामा सरकारका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई नसमेटिएसम्म बीमा परिष्कृत हुन नसक्ने बताउनु भयो ।
सचिव पोखरेलले स्वास्थ्यमा काम गर्नेहरुको सेवा सुविधा बढाउनुपर्ने बताउनु भयो । उहाँले काठमाडौंमा पाउने पारिश्रमीक र विकट क्षेत्रमा दिने पारिश्रमीक एउटै भएपछि विकटमा डाक्टरहरु जान नमान्ने गरेको बताउनु भयो । उहाँले डाक्टरहरुलाई सरुवा गर्नेकुरा अहिले सबैभन्दा कठिन बन्दै गएको बताउनु भयो । उहाँले एमबीबीएस अध्ययन गर्दैगर्दा जिल्ला तोकिदिए सरुवाका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरुवा गर्नेकुरामा राजनीतिक दबाबहरु आउने गरेकाले कठिन भएको बताउनु भयो । उहाँले दुर्गममा डाक्टर पठाउने कुरा केन्द्रको हातमा नभएकाले प्रदेश लोकसेवाबाट त्यहाँको पदपूर्ति गर्नुपर्ने बताउनु भयो । सचिव पोखरेलले संघीयताअनुसार डाक्टरको पदपूर्ति हुनुवपर्ने बताउनु भयो ।
त्यस्तै स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमार गुरागाईंले गर्मि महिना शुरु भएसँगै डेंगु लगायतका रोगहरुबाट भयावह अवस्था आउनसक्नेतर्फ सचेत गराउनु भयो । उहाँले मन्त्रालयको स्वास्थ्य विभागले कार्यविधि बनाइसकेको र सबै मिलेर सोही अनुसार शतर्कता अपनाउने हो भने रोगहरुबाट बच्न सकिने बताउनु भयो ।
अब गर्मी मौसम आयो, डेंगु लगायतका रोगहरु आउँछ, स्वाट्ट आउँछ, मान्छेलाई सुताइहाल्छ । त्यसलाई नाश गर्न अहिलेसम्म प्रविधि विकास भएको छैन की हामीले नसकेको हो ? ल्याबको फ्यासालिटी वीरमा टिचिङमा वा सिबिल वा यस्ता अस्पतालमा सबै खाले ल्याबको सुविधा छैन । निजीले ४ वटा कोठा लिएर गरिरहेको छ, हामीले किन गर्न नसक्ने ? रोग लाग्न नदिनको लागि प्राकृतिक उपचार प्रणाली एउटा माध्यम बन्छ, यसलाई व्यवस्थित ढंगले विकास गर्न, व्यवस्थित गर्न के गरिरहेको छ । यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।
विषदीजन्य कुरा बाहिरबाट आउनेकुरा उठेको छ, हामीले यहीँ खाएको चिज पनि विषादीजन्य छ, हामीले खाइरहेका छौँ । यसको अनुसन्धान हुनुपर्छ । नमूनाको रुपमा यसको अनुसन्धान हुनुपर्छ । बीमाको कुरा गर्दा सरकारी अस्पतालमा सिफारिस लिनका लागि मात्रै जान्छन्, त्यहाँ उपचार हुन्छ भन्नेसम्म पनि विश्वास गर्दैनन्, सरकारी अस्पताललाई विश्वसनीय बनाउन, राज्यस्तरबाट गर्नुपर्ने कुरा, जनस्तरमा पुग्नेकुरा हुनुपर्छ ।
सरकारले यसको समय तोक्नुपर्छ । एमबीबीएसका विद्यार्थीहरु कति बेडसम्मको अस्पतालमा जानुपर्ने हो ? यतिका विद्यार्थीहरुले यति बेडसम्मको अस्पतालमा जानुपर्ने भन्ने नीति नै राखिदिएपछि त कर लागेर जानैपर्छ, समय तोकिदिनुपर्छ । हामीलाई नीतिगत रुपमा व्यवस्थापन गर्नुपर्छ । हामी देखासिकी त सबै ठाउँको गर्छौं तर टिकाउन सक्छौँ त ? स्वास्थ्य बीमा हामीले दिने नै हो भने दिनुपर्छ तर एकद्वार प्रणाली गरेर मेडिकल कलेजहरु छ, हाम्रो अञ्चल अस्पतालहरु छ, त्यो द्वारप्रणालीबाट छिराउँदा केही न केही हदसम्म राम्रो हुन्छ ।
बीमा भन्नेकुरा निजीलाई हामीले दिएका छाँै , बीमा बोर्ड स्वास्थ्यको मातहतमा छैन भन्नेकुरामा छ, यसमा समस्या छ, ८ अर्ब दिन बाँकी छ भनेपछि अस्पतालले पनि राम्रो ढंगले बिल बनाएका छन् की छैनन् भनेर निरीक्षण गर्न जरुरी छ । बीमाको हकमा सरकारलाई नै प्रोटेशन गर्नुपर्छ । सरकारी, सहकारी, सामुदायिक अस्पताललाई गरेमा प्रभावकारी हुन्छ, बीमा गरेको छ भनेपछि बिरामीको फ्लो त्यही अस्पतालतिर हुँदो रहेछ । बीमामा विकृति नहोस् । राज्यको पैसा पनि गइहरेको छ, सेवाग्राहीले पनि सेवा पाइरहेको छैन, अस्पताल सञ्चालक पनि पीडामा छन्, त्यसैले यसलाई प्रभाकारी बनाउनुपर्छ । निजी अस्पताललाई राज्यले मनिटरिङ गर्न जरुरी छ । अस्पतालमा मानवीय संवेदना छैन की भन्ने स्थिति देखिन्छ ।

Spread the love

Comment here