स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नीजि क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताउनुभएको छ ।
अफ्ठ्यारो समयमा सरकारी र नीजि क्षेत्र नभनि एकतावद्ध भएर अगाडी बढ्न नीजि क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकालले बताउनुभयो । नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना विरुद्धको लडाईमा सबै मिलेर सफलता प्राप्त गर्न र जनताको मनोबल उच्च राख्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारलाई के नीजि क्षेत्र के सरकारी क्षेत्र अफ्ठ्यारो परेको बेला हामी साथमा छौ भन्ने ऐक्यवद्धताले सरकारको मनोबल उच्च बनाएको छ । जनतालाई पनि सबै क्षेत्रबाट जुटेका सहयोगी मन र हातहरुले एक्लो छैनौँ कोरोना विरुद्धको लडाईमा सबै मिलेर एक्यवद्ध भएर परास्त गर्नुको विकल्प छैन । यसमा सफलता प्राप्त गर्न जनताको मनोबल पनि उच्च बनाउन सहयोग गरेको छ ।’
मन्त्री ढकालले प्राप्त साम्रगी तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराउने उल्लेख गर्दै यसले स्वास्थ्य क्षेत्रमा कमा गरिरहेका व्यक्तिहरुको मनोबल माथि उठाउन सहयोग पु¥याउने बताउनुभयो । फाउण्डेशनले सरकारलाई ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेको हो । थ्री एम एन ९५ मास्क २ हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान र मेडिकल कम्प्लिट सेट १ हजार थान उपलब्ध गराएको हो । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेशनले यसअघि नै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । अस्पतालले चैत मसान्तसम्म सबै विरामीलाई उपचारमा २० प्रतिशत छुट दिने जनाएको छ ।