काठमाडौँ । नीलकमल ह्युमन रिसोर्स प्रा.लि.गत वर्षकै उत्कृष्ट प्रथम मेनपावर बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१।०८२ मा सर्वाधिक श्रमिक वैदेशिक रोजगारीमा पठाएर उत्कृष्ट मेनपावर बनेको हो। वैदेशिक रोजगार विभागका अनुसार नीलकमल ह्युमन रिसोर्सले आ. व.२०८१।०८२ मा ८६७३ जना श्रमिकहरू वैदेशिक रोजगारमा पठाएको थियो । जसमध्ये पुरुष ८०७९ जनार महिला ५९४ जना रहेका छन् ।
प्यारेडाइज इन्टरनेशनल प्रा.लि. उत्कृष्ट द्धितीय मेनपावर बन्न सफल भएको छ । वैदेशिक रोजगार विभागका अनुसार प्यारेडाइज इन्टरनेशनल प्रा.लि. ले आ. व.२०८१।०८२ मा८६०८ जना श्रमिकहरू वैदेशिक रोजगारमा पठाएर उत्कृष्ट द्धितीय मेनपावर बनेको हो ।जसमध्ये पुरुष ७४७४ जना र महिला ११३४ जना रहेका छन् ।

एसओएस म्यानपावर सर्भिस प्रा.लि उत्कृष्ट तृतीय मेनपावर बन्न सफल भएको छ । वैदेशिक रोजगार विभागका अनुसार एसओएस म्यानपावर सर्भिस प्रा.लि ले आ. व.२०८१।०८२ मा ७८५४ जना श्रमिकहरू वैदेशिक रोजगारमा पठाएर उत्कृष्ट तृतीय मेनपावर बनेको हो ।जसमध्ये पुरुष ७५६० जना र महिला २९४ जना रहेका छन् ।
वैदेशिक रोजगार विभागले पत्रकार सम्मेलन गरी सर्वाधिक श्रमिकहरु वैदेशिक रोजगारमा पठाउने उत्कृष्ट १० मेनपावरहरुको नाम सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको शीर्ष १० मेनपावर
१. नीलकमल ह्युमन रिसोर्स प्रा.लि. – ८०७९ पुरुष, ५९४ महिला, जम्मा ८६७३
२. प्यारेडाइज इन्टरनेशनल प्रा.लि. – ७४७४ पुरुष, ११३४ महिला, जम्मा ८६०८
३. एसओएस म्यानपावर सर्भिस प्रा.लि. – ७५६० पुरुष, २९४ महिला, जम्मा ७८५४
४. लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि. – ४५३४ पुरुष, ४४८ महिला, जम्मा ४९८२
५. गल्फ म्यानपावर सर्भिसेस प्रा.लि. – ३९५५ पुरुष, ० महिला, जम्मा ३९५५
६. एयर किंग्स प्लेसमेन्ट प्रा.लि – ३०२२ पुरुष, ९३० महिला, जम्मा ३९५२
७. साउन्ड लाइन्स रिक्रुटमेन्ट (प्रा.) लि. – ३६८९ पुरुष, ६७ महिला, जम्मा ३७५६
८. द रिभर ओभरसिज प्रा.लि. – ३१०१ पुरुष, १६८ महिला, जम्मा ३२६९
९. एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेण्ट्स प्रा.लि. – २९७३ पुरुष, १३७ महिला, जम्मा ३११०
१०. एसिया लिंक सर्भिसेस प्रा.लि. – २९६१ पुरुष, ३८ महिला, जम्मा २९९९
ग्त आ. व. मा ७ लाख ४४ हजार ८११ जना पुरुष र ९ लाख ४४ हजार ५५ जना महिला कामदार गरी जम्मा ८ लाख ३९ हजार २६६ जना कामदार वैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
