प्रधानमन्त्री केपी शर्मा अोलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गर्नुभएको हो । उहाँले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडी कुदेको टिप्पणी गर्नुभयो । सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गर्नुभएको हो ।
विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गर्नुभएको छ । कोरोना संक्रमण नियन्त्रण देखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उहाँले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिनुभयो ।
बैठकपछि नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारर्ला परीक्षणको गति बढाउन आफुले सल्लाह दिएको बताउनुभयो । क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्न अनिवार्य गराउन पनि सरकारलाई आफुले भनेको उहाँले बताउनुभयो । सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरिएको बताउनुभयो । उहाँले राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो ।