नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगियोे

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको हो । सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठक समेत अनिश्चित बनेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको सचिवालय बैठकले कुनै निर्णय नगरेको बताउनुभयो । स्थायी कमिटी बैठकका विषयमा भने दुई अध्यक्ष बसेर कार्यसूची तयार गर्ने वा बैठक नै के गर्ने भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बिचमै छाडेर जानुभएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको व्यस्तता र स्वास्थका कारण बैठकबाट निस्किनुभएको बताउनुभयो ।

Spread the love