सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ । आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अधयक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो । पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको समितिका संयोजक विष्णु पौडेलले बताउनुभयो । पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न ६ सदस्य रहेको कार्यदल गठन भएको उहाँले बताउनुभयो । कार्यदलले समस्या के हुन ? समाधान के हुन सक्छ ? भन्ने विषयमा विस्तृत छलफल गरी प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्ने उहाँले बताउनुभयो ।
महासचिव पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिएपनि समस्याहरुको सकारात्मक समाधान गरि एकतालाई सबल बनाउँदै अगाडी बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको बताउनुभयो । नेकपा महासचिव समेत रहनुभएका पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडी अझ एकतावद्ध भएर अगाडी बढ्ने सन्देश प्रवाह भएको बताउनुभयो ।
कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहनुभएको छ ।