नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

 

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
समायोजन पश्चात इन्स्योरेन्सको शेयर मूल्य प्रति कित्ता ७७१ रुपैयाँ १२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो ।
समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

Spread the love