काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन् ।
बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनीमा बोल्दै मन्त्री भण्डारीले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका हुन् ।
यसैगरी उनले हामीले निर्यात गरेका सबै वस्तुहरुमा राम्रो प्रतिफल ल्याउन नसकेको बताए । उनले लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनु पर्ने जरुरी रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादित वस्तुहरुमा नेपालको सम्भावना धेरै नै रहेको बताए । उनले धेरै उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा नेपाल पनि भएको बताए ।
उनले भने, ‘नेपाल धेरै उत्पादित वस्तु उत्पादन गर्नसक्छ । उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा हाम्रो देशमापनि छ । यहाँको आफ्नै उत्पादनलाई प्रमोट गर्न आवश्यक छ ।’