नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६१ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेका छन् ।
मंगलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यस्तै ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरीका विभिन्न क्वारेन्टिनहरुमा २४ हजार ७ सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here