नेपालमा थप ७ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ८२ पुग्यो

बाँकेको नेपालगञ्ज उप महानगर पालिका वडा नं.८ का ७ जनामा कोरोना संक्रमण भेटिएको छ । यस संगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ८२ पुगेको छ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मंगलवार गरिएको परिक्षणमा ९,३२,३४,५५ बर्षका ४ जना महिला र २२,३०,४० बर्षका पुरुषहरुमा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल सम्म नया संक्रमित सातै जनाको स्वास्थ्य अवस्था स1मान्य रहेको बुझिएको छ ।

Spread the love