सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ स्मार्ट फोनहरू नेपालमा लन्च गरेको छ । काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा सामसङल यो फोन सार्वजनिक गरेको हो । प्रि–बुकिङ आज देखि फागुन १ गते सम्म गर्न सकिने कम्पनीले जनाएको छ । । प्रि–अर्डर गर्ने ग्राहकहरूले फ्री मेमोरी अपग्रेड (१२÷२५६ जिबीबाट १२÷५१२ जिबी) गर्न पाउँने कम्पनीले जनाएको छ ।
नेपालमा एस २५ को मूल्य १ लाख ४ हजार ९ सय ९९ रुपैयाबाट सुरु छ । १२ जीबी ¥याम र १२८ जीबी स्टोरेजको एस २५ को मूल्य १ लाख ४ हजार ९ सय ९९ रुपैया तोकिएको छ । १२ जीबी ¥याम र २५६ जीबी स्टोरेजको एस २५ को मूल्य १ लाख १४ हजार ९ सय ९९ तोकिएको छ । १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज सहितको एस २५ अल्ट्राको मूल्य १ लाख ८४ हजार ९ सय ९९ तोकिएको छ ।
ग्यालेक्सी एस २५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो । जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।
यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्याप ड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एस २५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट तपाईँको डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्ने कम्पनीले जनाएको छ । ६.२ इञ्च डिस्प्ले भएको यो फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, १० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ। त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ।