नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ :सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन,वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरु संसदमार्फत अगाडि बढिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा कोकाकोला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताए ।
त्यस्तै उनले नेपालले आफैंले नगरेको अपराधको सजायका रुपमा जलवायु परिवर्तनको समस्या भोगिरहेको बताए । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको उनको भनाई छ ।

 

Spread the love