नेपाली श्रम बजार र उद्यमशीलताको प्रवद्र्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजार निर्माण गर्न र युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्न राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा सोमबार आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२, को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रम बजारको वर्तमान समस्यालाई समाधान गर्न उपयुक्त नीति र शिक्षा प्रणाली आवश्यक रहेको बताएका हुन् ।
साथै उनले नेपालमा बजेट अभाव र पूँजी अभाव नभएको तर पूँजी प्रवाह हुन नसकेको बताए ।
मन्त्री भण्डारीले कोभिडपछिको समय स्मरण गर्दै १८ प्रतिशतसम्मको ब्याजदर व्यवसायहरुले तिर्नु परेको उल्लेख गरे ।अहिले ब्याजदर एक अंकमा झरे पनि लगानीमा अपेक्षित सुधार नभएको उनको गुनासो थियो ।
उनले सेवा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ऐन संशोधन समेत अगाडि बढाइएको जानकारी दिए। साथै, नेपाली वस्तु मात्रहोइन, क्षमताको समेत निर्यात सम्भव रहेको बताउँदै, उद्यमशीलताको प्रवद्र्धनमा राज्य, निजीक्षेत्र र युवाबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

Spread the love