नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यो वर्ष सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ । बैंक सञ्चालक समिति बैठकले यसवर्ष लाभांश नदिने निर्णय गरेको हो । कुल ७६ करोड ९५ लाख रुपै“या लाभांश दिन सक्ने क्षमता रहे पनि वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ ।