काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।कम्पनीले हाल कायम चुक्ता पूंजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो ।
यस हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा कारोबार भई नाम कायम भएका सेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नेपाल इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा कुल ६५ लाख७६ हजार ९६७.७६ कित्ता सेयर, अर्थात ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैया बराबरको हकप्रद सेयर जारी गर्नेछ।