नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) ले अनुसन्धानको विषयमा चासो दिएन ः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गर्नुभएको छ ।
मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताउनु भयो । उहाँले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताउनु भयो । मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बतउनु भयो । उहाँले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताउनु भयो । उहाँले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संरचनालाई पुनः स्थापना गर्नुपर्ने बताउनु भयो । उहाँले जलविद्युत अब अन्य देशहरुले नकिन्न सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट उर्जा प्राप्त गर्ने भएकोले जलविद्युत नकिन्ने बताउनु भयो ।
मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रैपनि नेपालको विकास हुने बताउनु भयो ।

Spread the love

Comment here