नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुने छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धविस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनले चीनसँगको मित्रताव्यापकबनाइने बताएकाहुन् ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनअन्यन्तै पूराना र ऐतिहासिक देशहरु भएको भन्दै नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरिएको थियो ।

Spread the love