नेपाल राष्ट्र बैंकले आज थप ९० अर्ब रुपैयाँ बजारबाट खिच्ने

 

नेपाल राष्ट्र बैंकले आज थप ९० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्न लागेको हो ।
बजारमा उच्च तरलता भएपछि बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको हो । उच्च तरलता भएका बैंक तथा वित्तीय संस्थाले २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बिड गर्नुपर्नेछ । बोलकबोलमा भाग लिने वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ९० अर्ब रुपैयाँसम्म जम्मा गर्न सक्नेछ ।

Spread the love