नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले माघ २८ गते२५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त इन्स्योरेन्स कम्पनीले माघ २८ गते वीरगंजको होटल भिष्वामा २५ औँ वार्षिक साधारण सभा गर्ने भएको हो ।साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेे लगायतका निर्णयहरु गर्ने छ।
सभाले पूँजीको १० % बोनस शेयर र सोको कर प्रयोजनका लागि ११.०५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। इन्स्योरेन्सले माघ १० गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । नेप्से मा माघ ९ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्ने छन्।

Spread the love