नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९.४ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९.४ प्रतिशत बढेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा ९.४ प्रतिशत बढेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुदनाफा ४६ करोड ८१ लाख रुपैयाँ छ । गतआ. व. को दोस्रो त्रैमासिक विवरणमा ४२ करोड ७७ लाख रुपैयाँ नाफा थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी १२ प्रतिशत बढेको छ । कम्पनीको आम्दानी अहिले २२ अर्ब १२ करोड छ । यस्तो आम्दानी पहिले १९ अर्ब ७१ करोड रहेको थियो । लगानी तथा ऋण प्रवाह तर्फको आम्दानी अहिले ९ अर्ब २२ करोड छ । पहिले ७अर्ब ४८ करोड रहेको थियो । कुल आम्दानी १४ प्रतिशत बढेकोले कम्पनीको नाफा देखिएको हो । हाल कम्पनीका सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँ छ ।

 

Spread the love