काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसनले १९ औँ स्थापना दिवस मनाएको छ । बिहिबार काठमाडौँमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसनले एक कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले देशको आर्थिक विकासमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै एसोसिएसनले प्रजातान्त्रिक आत्मसाथ गरी अगाडि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक थापा, महासचिव महेश बस्नेत ,संस्थापक पदाधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसन नेपाली कांग्रेस संबद्ध पेसागत संस्था हो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसनको १९ औं स्थापना दिवसको अवसरमा १०० जनाभन्दा बढी एसोसिएसनका सदस्य तथा सुभेच्छुकहरूले रक्तदान गरेका थिए।