नेपाल विद्युत प्राधिकरणले सुरु ग¥यो स्मार्ट मिटर जडान कार्य

नेपाल विद्युत प्राधिकरणले आजबाट स्मार्ट मिटर जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख स्मार्ट मिटर जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो । सिंगल फेज’ का मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम आजबाट सुरु भएको र पहिलो चरणमा एक लाख मिटर जडान हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख स्मार्ट मिटर आवश्यक पर्ने उल्लेख गर्दै उहाँले पहिलो चरणमा १ लाख र दोस्रो चरणम

स्मार्ट मिटर जडान भएपछि विहान, दिउसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भूक्तानी लगायतका काम गर्न सकिने उहाँले बताउनुभयो । ग्राहकले स्मार्ट मिटर जडान भएपछि आफ्नो सुविधा अनुसार प्रिपेड र पोस्टपेड गर्न सक्ने अप्सन समेत रहेको छ । स्मार्ट मिटर जडान सुरु गरेको प्राधिकरणले सरकारी संस्थानहरुमा उत्कृष्ठ काम गर्दै आएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताउनुभयो ।

सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर काम गर्न सके परिवर्तन सम्भव रहेको उदाहरण प्राधिकरणले पेश गरेको उहाँले बताउनुभयो । मन्त्री पुनलेल नेपालको उत्पादन क्षमताअनुसारको विद्युत उत्पादन गरी भारत, बंगलादेश लगायतका छिमेकी देशहरुमा स्वच्छ उर्जा वितरण गरी यस क्षेत्रकै ब्याट्रि स्टोरेज’ का रुपमा काम गर्ने योजनाका साथ काम भइरहेको बताउनुभयो । अहिले नेपालले रातिको समयमा भारतमा ४० देखि ८० मेगावाट विद्युत निर्यात गरिरहेको उहँले बताउनुभयो । प्राधिकरणले पछिल्ले समय विद्युत महसुल केही घटाएको छ । प्राधिकरण पछिल्लो समय दर्जनौ सरकारी संस्थानहरुमा धेरै नाफा कमाउने र गुणस्तरिय सेवा प्रदान गर्ने संस्थाका रुपमा अग्रस्थानमा रहँदै आएको छ ।

Spread the love