नेप्सेमा १६ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज ९बुधबार० नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७।३२ अंकले घटेर बन्द भएको हो ।
आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६।११ अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । समग्र बजार घट्दा पनि तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ ।
चिरख्वा हाइड्रोपावरका। ७।७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५।९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५।७ प्रतिशत घटेको छ ।

Spread the love