नेप्से परिसुचक आज स्थिर, ५ अर्ब ६५ करोडको शेयर कारोवार

असार ३०, काठमाडौं । आज बुधवार नेप्से परिसूचक स्थिर भएको छ । परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशत अर्थात १ दशमलव शून्य १ अंकले बढेर २ हजार ८७२ दशमलव शून्य ५ विन्दुमा बन्द भएको हो । उता, सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव १४ अंकले घटेर ५३९ दशमलव ३८ विन्दुमा झरेको छ ।

२ हजार ८८२ दशमलव शून्य ७ विन्दुदेखि खुलेको बुधवारको बजार २ ८८३ दशमलव शून्य ५ विन्दुसम्म पुगेको थियो भने २ हजार ८५८ दशमलव २८ विन्दुसम्म झरेको थियो ।

बुधवार २१४ ओटा कम्पनीको ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर कारोबार भएको हो । यो दिन अघिल्लो कारोबार दिनको भन्दा कारोबार रकमसँगै कित्ता पनि बढेको छ । मंगलवार ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयर कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता . १० रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार १८० रुपैयाँ पुगेको छ । प्रतिकित्ता १ हजार २२० रुपैयाँमा खुलेको कम्पनीको शेयरमूल्य न्यूनतम १ हजार १५१ रुपैयाँसम्म झरेको थियो ।

बुधवार जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ७१ प्रतिशतले बढेको हो । त्यस्तै वित्त समूहको १ दशमलव ४८ प्रतिशत, लगानीको शून्य दशमलव ७२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३४ प्रतिशत र होटल्स तथा पर्यटन समूहको शून्य दशमलव २२ प्रतिशतले परिसुूचक बढेको छ ।

यो दिन बैंकिङ्ग र व्यापारिकको शून्य दशमलव ३२ प्रतिशत, विकास बैंकको शून्य दशमलव २४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २५ प्रतिशत, अन्यको शून्य दशमलव ४८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ ।

जलविद्युत समूहको परिसूचक सर्वाधिक बढेको यो दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक ८ दशमलव १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेर अन्तिम मूल्य ४५४ रुपैयाँ पुगेको हो ।

त्यस्तै नेपाल फाइनान्स र कालिका पावरको शेयरमूल्य एउटै अनुपात ७ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता ४० रुपैयाँले बढेर अन्तिम मूल्य ५५९ रुपैयाँ र कालिका पावरको प्रतिकित्ता ३१ रुपैयाँले बढेर अन्तिम मूल्य ४६७ रुपैयाँ पुगेको हो ।

 

 

Spread the love