नेप्से परिसुचक ९७.२१ अंकले बृद्धि, शेयर कारोवार ११ अर्ब ७३ करोड

साउन ३, काठमाडौं । नयाँ आर्थिक वर्ष ०७८/०८९ को पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उत्साह देखिएको छ ।

आइतबार नेप्से परिसूचक ३ दशमलव ३७ प्रतिशत अर्थात ९७ दशमलव २१ अंकले बढेर २ हजार ९८० दशमलव ६१ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ प्रतिशत अर्थात् १९ दशमलव ५५ अंक बढेर ५६० दशमलव ९६ विन्दुमा पुगेको छ । २ हजार ८९२ दशमलव ४७ विन्दुदेखि खुलेको आइतवारको बजार निरन्तर बढेर बन्द भएको हो ।

आइतवार विकास बैंक र वाणिज्य बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ५ दशमलव शून्य ५ प्रतिशत र वाणिज्य बैंक समूहको परिसूध ४ दशमलव ७१ प्रतिशत बढेको हो ।

यस दिन कारोबारमा आएका सबै परिसूचकहरु बढेको छन् । बैंकिङ र विकास बैंकसँगै यो दिन जीवन बीमाको ३ दशमलव ८१ प्रतिशत, लघुवित्तको ३ दशमलव ५९ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ३४ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव १५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ७२ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ६५ प्रतिशत, लगानीको १ दशमलव ६१ प्रतिशत, जलविद्युतको १ दशमलव ५७ प्रतिशत, वित्तको १ दशमलव ४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ९१ प्रतिशत र अन्यको शून्य दशमलव ९३ प्रतिशत परिसूचक बढेको छ ।

शेयर बजारमा परिसूचकहरु सकारात्मक बन्दा यस दिन ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर कारोबार भएको छ ।

२२१ओटा कम्पनीको १ लाख १६ हजार २९४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । यस दिन मञ्जुश्री फाइनान्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको  ४० करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 

 

 

Spread the love