नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा

साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमवार नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले बढेको छ । सोमवार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकमसमेत बढेको छ । आईतवार १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमा बैंकिङ उपसमूह बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ६.१४ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ भने बैंकिङ उपसमूहको ०.५८ प्रतिशतले घटेको छ ।
सोमवार सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ । यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशतले घटेको छ । आज नबिल बैंकको २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Spread the love