साउन १०, काठमाडौं । आज आइतबार शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । आज सूचक ५४.३१ अंकले बढेर ३०५८.६४ को विन्दुमा पुगेको छ, जुन हालसम्म कै उच्च अंक हो ।

आज कारोबारमा आएका २२३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता शेयर खरिद बिक्रिबाट १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये नेपाल बैंकको सबै भन्दा धेरै ४९ करोड ७६ लाख , ग्लोबल आईएमई बैंकको ४९ करोड ४३ लाख , र एनसीसी बैंकको ३४ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
आज विशाल बजार कम्पनी, ङ्गादी पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी हाइड्रो, पन्चकन्या माई हाइड्रो, कालिका पावर, जोशी हाइड्रो, युनिभार्सल पावर, र हिमालयन उर्जा विकास कम्पनीको शेअर मूल्य १० प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल तथा टुरिजम र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज बैंकिंग समुह सबै भन्दा धेरै ३.४३ प्रतिशत र हाइड्रोपावर समुह २.३९ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये १३६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।
यस दिन म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ६२ प्रतिशतले परिसूचक घटेको हो ।
विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ६१० दशमलव ४०, ङादी ग्रुप पावरको प्रतिकित्ता रू. ६९ दशमलव ४०, सर्पोट माइक्रोफाइनान्सको प्रतिकित्ता रू. २५७ , राधी विद्युत् कम्पनीको प्रतिकित्ता रू. ८२ दशमलव ५०, पञ्चकन्यामाई हाइड्रोको प्रतिकित्ता रू. ३१ दशमलव ४०, कालिका पावर कम्पनीको प्रतिकित्ता रू. ५५ दशमलव ४० ले यो दिन मूल्य वृद्धि भएको छ ।
यसैगरी जोशी हाइड्रोपावरको प्रतिकित्ता रू. ३१ दशमलव ३०, युनिभर्सल पावरको प्रतिकित्ता रू. ३२ दशमलव ७० र हिमालयन उर्जा विकास कम्पनीको प्रतिकित्ता रू. ३९ दशमलव ३० ले यो दिन मूल्य वृद्धि भएको छ ।
Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here