पछिल्लो एक सातामा नेप्से परिसूचक ७३ दशमलव ५९ अंकले वृद्धि

माघ ७ ,काठमाडौं ।  पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३ दशमलव ५९ अंकले वृद्धि भएको छ ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५ दशमलव २८ अंकले बढेर २ हजार ८५७ दशमलव ७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३ दशमलव ५९ अंकले बढेर २ हजार ९३१ दशमलव ५९ विन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो साता १६५ दशमलव २८ अंकले बढेको नेप्से परिसूचक यो साता ७३ दशमलव ५९ अंकले बढेको हो । गत साताभन्दा पछिल्लो यो साता नेप्से परिसूचक गिरावट आएको छ ।

साताको पहिलो दिन शेयर बजार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको थियो । आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६ दशमलव ७४ विन्दुमा पुगेको थियो । आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक २० दशमलव ६४ अंक बढेर २९४७ दशमलव ३८ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३ दशमलव ७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १दशमलव १५ अंक बढेको थियो । यस दिन कारोबारमा आएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो दुई सातादेखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार भने गिरावट आएको थियो । मंगलबार १० दशमलव ७८ अंकले घटेर २ हजार ९३६ दशमलव ६६ विन्दुमा झरेको थियो । तर यता सेन्सेटिभ सूचक भने १दशमलव १० अंकले बढेको थियो । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, नेप्से परिसूचक बुधबार पनि गिरावट आएको थियोे । बुधबार नेप्से परिसूचक ३८ दशमलव ३५ अंकले घटेर २ हजार ८९८ दशमलव ३१ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८१ अंकले घटेको थियो । त्यस दिन कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । यसरी साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।

बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहीबार ३३ अंकले उकालो लागेको हो । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३३ दशमलव ०३ अंक बढेर २ हजार ९३१दशमलव ३४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४ दशमलव ०९ अंक, फ्लोट इण्डेक्स २ दशमलव ३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ४१ अंक बढेको छ । कारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ खर्ब ६ अर्ब ७८ ककरोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ सम्पति बढेर ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।

 

Spread the love

Comment here