पछिल्लो समय नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताउनुभएको हो । उहाँले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताउनु भयो । उहाँले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि अन्यदेशको तुलनामा अत्यन्तै कम भएको बताउनु भयो । उहाँले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनु भयो ।
उहाँले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताउनु भयो । उहाँले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताउनु भयो ।

Spread the love

Comment here