पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढीरहेको बताउनुभएको छ । आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढीरहेको बताउनुभएको हो । उहाँले कोरोना संक्रमणपछि पुरानै लयमा कामदार पठाउने मुलुकमा नेपाल अग्रस्थानमा रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले कामदार विदेश पठाउने कुरा पछिल्ला ४ वर्ष निरन्तर घटेकोमा यो वर्ष २०७४ साल अघिको अवस्थामा पुगेको बताउनु भयो । उहाँले अघिल्लो वर्ष २ लाखले कमी आएको यो वर्ष ३ लाख ६८ हजारले वृद्धि भएर ५ लाख ३४ हजार बढीले श्रम स्वीकृति लिएको बताउनु भयो । मन्त्री श्रेष्ठले देशमा ठूलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत वैदेशिक रोजगारी भएको भन्दै विप्रेषण अप्रवाहमा वृद्धि हुने अपेक्षा गर्न सकिने बताउनु भयो ।
मन्त्री श्रेष्ठले जेठ मसान्तसम्म मन्त्रालयमा आएका १७ हजार ३४७ वैदेशिक समस्यालाई समाधान गरिएको पनि जानकारी दिनुभयो ।

Spread the love

Comment here