पठाओ र इन्ड्राइभलाई टक्कर दिने गरि आयाे ‘सजिलो साथी’

काठमाडौं । सजिलो राइड सेयरिङ एपले कोलाबोरेटिभ क्याटालिस्ट प्रालि सँगको साझेदारीको औपचारिक घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सजिलोको मिशनलाई अगाडि बढाउन र कोष सुरक्षित गर्न साझेदारी गरिएको सिइओ अमिर लामाले बताए ।
यसको साथै, क्याप्टेन विजय लामालाई सजिलोको सह–संस्थापकको रूपमा पनि परिचित गराए । उनको संलग्नताले उत्कृष्टता र नवीनता प्रदान गर्ने सजिलोको मिशनलाई बलियो बनाउने सजिलो राइड सेरिङ् एपका सिइओ लामाले बताएका छन् ।


सजिलोले नवप्रवर्तन, दिगोपन र प्रयोगकर्ता–केन्द्रित समाधानहरूलाई प्राथमिकता दिएर नेपालमा सवारी साझेदारीलाई पुनः परिभाषित गर्न, भरपर्दो, किफायततीर सुरक्षित यातायात विकल्पहरू सिर्जना गर्न सामाजिक प्रभाव बढाउँदै र चालकहरूलाई सशक्तिकरण गर्दै अगडि बढ्ने योजना राखेको छ।

Spread the love