परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन

काठमाडौं । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ ।
अस्पतालको कुपण्डोलस्थित भवन मा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरेका हुन् ।
ल्याब मार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास संचालन गर्न सकिन्छ ।
बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएड मार्फत अमेरिकी च्यारिटी वनहार्ट वल्र्डवइडले आर्थिक सहयोग गरेको हो ।
यस ल्याबले देशैभरका मातृशिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीय स्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए ।
ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।

Spread the love