पोखरा । बहुमुल्य टल्किने ढुंगा दिन्छु भन्दै मोटो रकम ठगि गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ परेका छन् ।
पाँच करोड मूल्यको टल्किने ढुंगादिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ परेका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्लाप्रहरी कार्यालय कास्की र वडाप्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त आरोपमा पर्वत फलेवास नगरपालिका ५ घर भई हालपोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजनविक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए।
प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ भने विभिन्न बैंकका ३१ लाख बराबरका चार थान चेक र मोबाइल चार थान समेत बरामद गरेको छ।
प्रहरी निरिक्षक जिसीका अनुसार उनीहरुले आफुलाई पांच करोड मूल्य पर्ने टल्किने ढुंगादिने प्रलोभन दिएर १३ लाख रुपैयाँठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन् ।
पक्राउ परेकातीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिनको म्यादथप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।