पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति

इस्लामाबाद । बुधबार साँझ पाकिस्तानमा असिना सहितको भारी वर्षा भएको छ । भारी वर्षा र असिना पानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।
इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ।
सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेकार सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
मौसम विभागका अनुसार यो असिना वर्षा मौसमी प्रणालीको कारण हो, जसको सूचना पहिले नै दिइएको थियो ।नागरिकहरू भने पूर्वसूचनाको प्रभावकारी प्रवाह नभएकोमा गुनासो गरिरहेका छन् ।

Spread the love