पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न दिइने छैन् :सांसद भट्टराई

काठमाडौं । ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न नदिईने बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवि मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको बताए ।
उनले भने,‘निर्माण कम्पनीले प्रस्तुत गरेको डिपिआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणिय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन । पवित्र कान्छी थानभन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन ।
त्यस्तै उनले ताप्लेजुङ बासीहरुको सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको पनि बताए ।
सांसद भट्टाईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए । केबलकारको शुल्कमा ताप्लेजुङ बासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्दछ , स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने पनि उनको भनाई छ ।
त्यस्तै उनले माघ १२ गतेको घटनाप्रति दुख व्यक्त गर्दै उनले त्यस क्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका जवानहरु त्था नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
पाथीभरा केबलकार निर्माणको कार्यलाई अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माणलाई अघि बढाउन उनले माग गरे ।

Spread the love