सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायीत्व माथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भईरहेको भन्दै त्यस तर्फ नेताहरुको ध्यानाकर्षण गराउनुभएको हो । एकाध घटना बाहेक सरकारले आमरुपमा राम्रा कामहरुको सम्पादन गरेको भएपनि त्यसको सम्प्रेषण हुन नसकेको तथा गरिब निमुखा जनताको असल अभिभावक बनेर सरकार उभिनु गौरवको विषय भएपनि केही घटनाका कारण राजनीतिक स्थायीत्व माथि नै प्रश्न उब्जिएको भन्दै त्यस तर्फ नेताहरुलाई सचेत हुन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो “के नेकपाका नेताहरुले आफ्नो अभिभारा विर्सन थाल्नुभएको हो ? देश र जनताको हित र स्वार्थलाई सर्वोपरि नठानेर आफ्नो हित र स्वार्थलाई सर्वोपरि ठान्ने गलत संस्कृति नेताहरुको मन मस्तिष्कमा उत्पन्न हुन थालेको हो । नेता ज्युहरु यस्तो नहोस् । नेपाल कम्युनिष्ट पार्टी प्रति जनताको ठूलो साथ र भरोसा छ । त्यसैले तपाईहरु सम्हालिनुहोस् । र जनताको अभिमत,आकांक्षा र आफ्नै बाचाहरुलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् भन्ने मेरा आफ्नै नेताहरुलाई आग्रह र अनुरोध छ । ”
उहाले बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सरकारको काम कारवाहीको बचाउ गर्नुभयो । आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत भएर सरकार अगाडि बढेको भन्दै उहँले केही तथ्यांकको सूची पनि प्रस्तुत गर्नुभयो । पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगती गरेको उल्लेख गर्दै उहाले सडक निर्माण, विमानस्थल निर्माण, धार्मिक स्थलहरुमा भएको पुर्वाधार विकास तथा पर्यटन विकासमा सरकार दिल्योज्यानले लागि परेको दाबी गर्नुभयो ।

Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here