पार्टी सभापति देउवाले दिए बधाई तथा शुभकामना

 

नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष भुवन सिंह गुरुङ समेतको समूहलाई बधाई तथा शुभकामना दिएका छन् । आज दिउँसो महाराजगंज स्थित देउबा निवासमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ समेतलाई बधाई तथा शुभकामना दिएका हुन् । लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष दीपक थापा,नवनिर्वाचित अध्यक्ष भुवन सिंह गुरुङ समेतको समूहपार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भेटघाटका लागि देउबा निवास पुगेको थियो ।
उक्त भेटघाट कार्यक्रममा लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष दीपक थापा,पूर्व अध्यक्षहरू तिलक रानाभाट, हंशराज वाग्ल,े नरेन्द्र ढकाल, वरिष्ट व्यवसायी नवराज केसी लगायतको उपस्थिति थियो ।
भेटघाटका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सुभेच्छुक संस्था लोकतान्त्रिक एसोसिएसनले विजय हासिल गरेकोमा बधाई ज्ञापन गरेका थिए । सभापति देउवाले नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना साथै सम्पूर्ण व्यवसायीहरूको हितमा काम गर्न निर्देशन दिनुभएको लोकतान्त्रिक एसोसिएसनले जनाएको छ ।


भेटघाटका क्रममा अध्यक्ष भुवन सिंह गुरुङले वैदेशिक रोजगार व्यवसायीहरूको समस्या समाधान गर्न नीतिगत सहयोगको आग्रह गरेका थिए। वैदेशिक रोजगार ऐनमा भएका केही व्यवस्थाले व्यवयायीहरु मर्कामा परेको बताउदै ऐन संशोनबाट समस्या समाधान गर्न, समय सापेक्ष मागहरु संबोधन गर्न पार्टी सभापति समक्ष आग्रह गरेको उनले बताए । पार्टीमा सानातिना असन्तुष्टिहरु हुन्छन् तर लोकतान्त्रिक एसोसिएसन नै नेपाली कांग्रेसको शुभेच्छुक आधिकारिक संस्था भएकोले पार्टी सभापतिको साथ समर्थन रहेको अध्यक्ष भवन सिंह गुरुङले बताए।
लोकतान्त्रिक एसोसिएसनका निवर्तमान महासचिव तथा संघका नवनिर्वाचित महासचिव महेश बस्नेतले भने “लोकतान्त्रिक एसोसिएसन भित्रै बसेर लोकतान्त्रिक एसोसिएसनकै उम्मेदवारहरूलाई हराउन लागि पर्ने व्यक्तिहरूलाई कारबाही गर्न अध्यक्ष देउबाले निर्देशन दिनुभएको छ” ।

Spread the love
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको प्रमुख चुनौती रोजगारी रहेको बताएका छन्। शुक्रबार काठमाडौँको बसुन्धरामा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन्। कार्यक्रममा थापाले नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका नवनिर्वाचित अध्यक्ष भुवन सिंह गुरुङ लगायतका पदाधिकारी र सदस्यहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गरे । उनले निर्वाचनको प्रक्रिया समाप्त भइसकेकोले अब समग्र व्यवसायीहरुलाई समेटेर लैजान अध्यक्ष गुरुङलाई सुझाव दिए । उनले वैदेशिक रोजगार व्यवसायीलाई मर्यादित बनाउनुपर्ने र सँगसँगै नाफा पनि आर्जन गर्नुपर्ने चुनौती रहेको बताए । थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् । उनले पूँजीवादी आर्थिक व्यवस्थाभित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् । उनले निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए । ‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पूँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’उनले भने ।