पिपुल्स पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पिपुल्स पावर लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको जनाएको छ । सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओन निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

Spread the love

Comment here