काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती भएको छ । आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्तामा लगानीकर्ताले बजेटको २९ नं. बुदा हटाउन माग गरेका थिए ।
शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा अर्थमन्त्रालयका अधिकारीसँग भएको अर्थमन्त्री प्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय पार्ने आश्वासन दिएका छन् ।
अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिनेछ ।
आइतवार अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने छ ।
योसंगै लगानीकर्ताले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका छन् ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here