पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पूर्वाधार विकास समितिको बैठकको विषयलाई उर्जा मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग जोडेर विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आयोजना गरेको जलस्रोत विद्येयक माथि विज्ञहरुको अन्तरक्र्रिया कार्यक्रमको विषय लिएर उर्जा मन्त्रालय र उर्जामन्त्रीको नाम जोडेर समाचार प्रकाशित भएकोमा दुःख व्यक्त गरेको छ ।
उक्त कार्यक्रम उर्जा मन्त्रालयले आयोजना नगरेको र जलस्रोत विद्येयक केवल उर्जा मन्त्रालयसँग सम्बन्धीत मात्र रहेको बताइएको छ । उक्त अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजक प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास समिति रहेको र उक्त कार्यक्रमको लागतसमेत सोही समितिले व्यहोर्ने बताइएको छ । उक्त विषयमा प्रकाशित समाचारहरु तथ्यहिन, भ्रामक र अतिरञ्जीत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार प्रकाशन गर्नुपूर्व सत्यतथ्यको जाँच गर्नुहुन र सम्बन्धीत निकायमा सम्पर्क गरी आधिकारीकताको एकिन गर्नुहुन मन्त्रालय सबैलाई अनुरोध समेत गरेको छ । आगामी दिनमा यस प्रकारका समाचारहरु सम्प्रेषण नगर्नुहुन यसै विज्ञप्तीमार्फत मन्त्रालयले आग्रह गरेको छ । अन्यथा, मन्त्रालय नियमबमोजिम कानूनी उपचारमा जाने विज्ञप्तीमा उल्लेख छ ।

Spread the love