पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघद्धारा प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । लक डाउनका कारण दैनिक गतिविधि ठप्प हु“दा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो । दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताउनुभयो ।

सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उहाँले बताउनुभयो । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उहाँको भनाई छ । बबरमहलमा भएको प्रदर्शनमा सहभागिहरुले जनता मार्न पाईदैन, भ्रष्टाचारी सरकार राजीनामा दे, हामी धेरै जान्दैनौ, मूल्यवृद्धि मान्दैनौ, सरकार तेरो पाराले दुःख पाए साराले नारा लगाएका थिए ।

Spread the love