पैसा डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आयो, कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दावी छ । खेम्स क्लिनिङ र ¥यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरुपनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको भनाई छ । कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताउनुभयो ।

३० सेकेण्डदेखी ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उहाँले बताउनुभयो । मेसिनको न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसा लगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।

Spread the love